
काठमाडौं । पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ । गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो । अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए । यो महिनाको तुलनामा मे महिनामा पर्यटकीय गतिविधिमा सुधार आएपनि पर्यटक भित्रिनेको संख्या छ । मे महिनामा ५३ हजार ६०८ पर्यटक नेपाल भित्रिएका थिए । अप्रिल महिनाको तुलनामा यस महिना ४ हजार ७४० पर्यटक कम आएका हुन् ।
त्यस्तै, सन् २०२२ को जनवरीदेखि निरन्तर रुपमा बढेको पर्यटकहरुको संख्या मे महिना यता घटेको अध्यागमन विभागले जनाएको छ । मे महिनाको तुलनामा जुन महिनामा पनि पर्यटन आउने क्रम घटेको छ । गत जुन महिनामा ४८ हजार ९५७ जना पर्यटन नेपाल भित्रिएका छन् । यो संख्या गत मे महिनाको तुलनामा ६ हजार ६५१ कम हो ।
अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराइले अहिले पर्यटक आवागमनको सिजन नभएकोले पनि पर्यटक आउने क्रम घट्दो रहेको बताए । उनले भने, ‘अफ सिजन रहेका कारण पनि अहिले पर्यटकहरुको आवागमनको संख्या घट्न थालेको हो । यसलाई सामान्य मान्नु पर्छ । पर्यटक आउने सिजन भएपछि फेरि यो संख्या बढ्न सक्छ ।’
उनका अनुसार सन् २०२२ को जनवरी महिनामा १६ हजार ९७५ पर्यटक नेपाल भित्रिएका थिए । दोस्रो महिना अर्थात फेब्रअरी महिनामा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । जनवरीको तुलनामा फेब्रुरुअरीमा तीन हजारभन्दा बढी संख्यामा पर्यटक नेपाल आएका थिए ।
त्यस्तै, सन् २०२२ को मार्च महिनामा ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका थिए । यस महिना सबैभन्दा बढी भारतबाट पर्यटक आएको तथ्यांकमा उल्लेख छ । यस महिना भारतबाट १५ हजार १३ जना पर्यटक नेपाल आएका छन ।
प्रतिक्रिया दिनुहोस