aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कोरोना संक्रमित बढ्दै, थप ९४ जनामा संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ असार २०७९
कोरोना संक्रमित बढ्दै, थप ९४ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो केहि दिन यता कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना संक्रमित थपिएका छन् । यस अवधिमा ३ हजार ११२ जनाले कोरोना परिक्षण गरेका थिए ।   

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमित निको भएका छन् । यस्तै, यस अवधिमा एक लाख ११ हजार ५३१ जनाले कोरोना विरुद्धको खोप लगाएका थिए । 

हाल ४०१ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   
 

प्रतिक्रिया दिनुहोस