aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कोरोना संक्रमितको संख्या बढ्दै, पिसिआर परिक्षण गर्नेहरु पनि बढे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ असार २०७९
कोरोना संक्रमितको संख्या बढ्दै, पिसिआर परिक्षण गर्नेहरु पनि बढे

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०२ जनालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ । शुक्रबार ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थिए ।

सो अवधिमा दुई हजार १५४ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ६१ जनाले पिसीआर र एक हजार ९३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

त्यस्तै विहिबार ७८ जना नयाँ संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आरटी पीसीआर परिक्षण गर्दा ६० र एन्टीजेन परिक्षण गर्दा १८ गरी जम्मा ७८ जना नयाँ संक्रमित थपिएका थिए ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशभरमा २६१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर संक्रिय संक्रमितको संख्या ६०५ पुगेको छ ।
 

प्रतिक्रिया दिनुहोस