
काठमाडौं । पछिल्लो केहि दिन यता कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा १२१ जनामा कोरोना संक्रमित थपिएका छन् । यस अवधिमा ३ हजार ४५ जनाले कोरोना परिक्षण गरेका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३१ जना कोरोना संक्रमित निको भएका छन् । यस्तै, यस अवधिमा १० हजार ५६७ जनाले कोरोना विरुद्धको खोप लगाएका थिए । हाल ६७८ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस