aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कोरोनाका संक्रमित बढ्दै, आज पनि थपिए १६८ जना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ असार २०७९
कोरोनाका संक्रमित बढ्दै, आज पनि थपिए १६८ जना

काठमाडौं । पछिल्लो केहि दिन यता नेपालमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या बढ्दो रहेको छ । पछिल्लो २४ घण्टाको तथ्यांक हेर्ने हो भने १६८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३ हजार २० जनाले कोरोना परिक्षण गरेको जनाएको छ । जसमध्ये एक सय ६८ जना नयाँ संक्रमित थपिएको हुन् ।

त्यस्तै, यस अवधिमा ३७ जना संक्रमित कोरोनामुक्त भएका छन् भने ३५ हजार ४०२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल ७७० जना कोरोनाका संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस