aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सन्देश र राम पुकारले जिते ‘हवाई टिकट काटौं सुन चाँदी जितौं’ को बम्पर उपहार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ असार २०७९
सन्देश र राम पुकारले जिते ‘हवाई टिकट काटौं सुन चाँदी जितौं’ को बम्पर उपहार

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पेको “हवाई टिकट काटौं सुन चाँदी जितौं” योजना अन्तर्गत सुनको सिक्का जित्ने दुई जना भाग्यशाली विजेताको नाम घोषणा गरिएको छ ।

जस अन्तर्गत पहिलो दुइ साता को एक भाग्यशाली बिजेता सन्देश श्रेष्ठ भएका छन्  भने दोस्रो दुइ साता को एक भाग्यशाली बिजेता राम पुकार महतो भएका छन् । दुबै जना विजेताले बुद्ध एयरलाइन्सबाट भैरहवाबाट काठमाडौँ  र जनकपुरबाट काठमाडौँको हवाई टिकेट काटेका थिए । योजना अवधिभर हवाई टिकट काट्ने यात्रुहरु मध्य चाँदीको सिक्का र चन्द्रागिरि केबलकारको बिजेताको नाम आइएमई पेको फेसबुक पेजमा साप्ताहिक घोषणा अन्तर्गत घोषणा भइसकेको छ । 

जेठ १ बाट सुरु भएको यस योजनामा आइएमई पे मोबाईल वालेट एपमार्फत नेपालको कुनै पनि आन्तरिक उडान सेवाको हवाई टिकेट काटेका यात्रुहरु मध्य योजना अवधिभरी हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का जित्न सफल भएका छन्  । 

उड्डयन सेवा अहिलेको समयमा सबैभन्दा बढ्ता रूचाइएको यातायात माध्यम हुन पुगेको छ । आरमदायी र छिटो यात्रा गर्नको लागि अहिले कैयौँ यात्रुहरुले हवाई उड्डयन माध्यम नै रोज्छन् । यस्ता यात्रुहरुले सहजताको निम्ति आइएमई पे एप जस्ता मोबाईल वालेट एपबाट घरमै बसी हवाई टिकट बुक गर्न मिल्छ । अझ बढी यात्रुहरुलाई हवाई यात्राका उत्साह प्रदान गर्न र पुराना यात्रुहरुलाई निरन्तरता दिन प्रेरित गर्न आइएमई पेले यस्ता योजनाहरु सार्वजनिक गर्दै आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस