काठमाडौं । ठमेल पर्यटन विकास परिषद्लाई चुनाव लागेको छ । यस विकास परिषद्को आगामी नेतृत्वको लागि दुई समुहले उम्मेदवारी घोषणा गरिसकेका छन् । शनिवार हुने निर्वाचनका लागि ध्रुव अधिकारी समुह र भविश्वर शर्मा समुहले उम्मेदवारी दिएका हुन् ।
आफूले अध्यक्ष पदमा जितेमा ठमेल क्षेत्रको सुरक्षाको लागि बिहान सात बजेदेखि बेलुका सात बजेसम्म घुमुवा टोली बनाएर परिचालन गर्ने अध्यक्षका उम्मेदवार ध्रुव अधिकारीले बताए । उनले भने, ‘मैले अध्यक्षमा जितेमा ठमेल क्षेत्रको सुरक्षाको लागि घुमुवा टोली बनाएर परिचालन गर्नेछु । साथै स्रोह्रखुट्टे प्रहरी वृत्त र दरबारमार्ग प्रहरी वृत्तको समन्वयमा ठमेल क्षेत्रको रात्रीकालिन व्यवसायलाई समेत सुरक्षित र मर्यादित बनाइने छ ।’
त्यस्तै, परिषद् अध्यक्षका अर्का उम्मेदवार भविश्वर शर्माले आफू निर्वाचित भएको एक महिनाभित्र ठमेल क्षेत्रमा अनावश्यक रुपमा छरिएर रहेका तार र होडिङ बोर्डलाई व्यवस्थापन गर्ने बताए । उनले भने, ‘म निर्वाचित भएको एक महिनाभित्र ठमेल क्षेत्रको तार लगायतलाई व्यवस्थापन गर्नेछु । ठमेल क्षेत्रमा देखिएका समस्या समाधानका लागि योजना बनाएका छौं । विजयी भएर आएपछि पहिले एक महिनाभित्र ठमेल क्षेत्रमा अनावश्यक रुपमा छरिएर रहेका तार र होडिङ बोर्डलाई व्यवस्थापन गर्नेछौं ।’
साथै, ठमेल पर्यटन विकास परिषद्ध् भित्रको भुगोलमा प्रत्येक ५० मिटर दुरीमा सीसी क्यामरा जडान गर्ने र यस क्षेत्रमा भएको शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि टोलटोलमा अन्तरक्रिया कार्यक्रम गरी उचित व्यवस्थापन गर्ने उनले प्रतिवद्धता जनाए । यससँगै अध्यक्षका उम्मेदवार शर्माले ठमेल क्षेत्रको फोहोर व्यवस्थापनका लागि पनि प्रतिवद्ध भएर काम गर्ने आश्वासन दिए ।
यी हुन्, निर्वाचनका लागि उठेका उम्मेदवार
प्रतिक्रिया दिनुहोस