
काठमाडौं । भिभोले आफ्नो प्राविधिक र नवीन उत्पादनहरूमार्फत प्रयोगकर्ताहरूको जीवनशैलीलाई अभिवृद्धि गर्न निरन्तर विकास गर्दै आइरहेको छ । ग्राहकको आवश्यकता पूरा गर्दै भिभोले हालै आफ्नो वाई सिरिजको स्मार्टफोन, वाई२० सिरिजको ४जीबी प्लस ६४जीबी भेरियन्टमा १८०० ले मूल्य घटाएको छ ।
यो स्मार्टफोनको नयाँ मूल्य २० हजार ९९९ रुपैयाँ रहेको छ । सुलभ मूल्यमा उत्कृष्ट स्मार्टफोन खोजिरहेका ग्राहकहरूले अब स्लिम र ट्रेन्डी वाई२० खरिद गर्न सकिनेछ ।
वाई २० मा १३ एमपी रियर क्यामेरा, २एमपी बोकेह क्यामेरा र २एमपी म्याक्रो क्यामेरा भएको एआई ट्रिपल म्याक्रो क्यामेरा सेटअप रहेको छ । अपग्रेड गरिएको बोकेह टेक्नोलोजीसँग सुसज्जित, २एमपी बोकेह क्यामेराबाट प्रयोगकर्ताहरूले स्टुडियो गुणस्तरको तस्वीरहरु खिच्न सक्छन् । वाई२० मा फेस ब्यूटी, पोट्र्रेट लाइट इफेक्ट, पीडिए टेक्नोलोजी र फिल्टरहरू लगायत धेरै क्यामेरा विशेषताहरु पनि छन् ।
यसको साथै, वाई२० मा ५०००एमएएच सुपर क्षमताको ब्याट्री र १० वाट फास्ट चार्ज प्रविधि रहेको छ । एआई पावर बचत टेक्नोलोजीको साथ, एकपटक चार्ज गरेपछि २० घण्टासम्म फिल्म हेर्न वा १० घण्टासम्म गेम खेल्न सकिन्छ । ४ जीबी र्याम र ६४ जीबी रोम भएको यो स्मार्टफोन गेमिङ र फोटोग्राफीमा रुचि राख्नेहरूका लागि उपयुक्त विकल्प हुन सक्ने कम्पनीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस