
काठमाडौं । पछिल्लो केहि दिन यता नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा दुई सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
मन्त्रालयका अनुसार शुकबार ३ हजार ७१८ जनाले कोरोना परिक्षण गरेका थिए । जसमा २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, यस अवधिमा ८७ हजार ९७२ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् भने ४८ जना कोरोना मुक्त भएका छन् । हाल १२८४ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस