aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एकैदिन थपिए ४५७ जना कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ साउन २०७९
एकैदिन थपिए ४५७ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा चार सय भन्दा बढी जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अवधिमा ४ हजार ६ सय ५१ जनामा कोरोना परिक्षण गरिएकोमा ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८ जना कोरोना संक्रमित निको भएका छन् । त्यस्तै, यस अवधिमा ९८ हजा। ९ सय जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । 

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । हाल १७ सय ७६ जना कोरोनाका संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस