
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन सय भन्दा बढी जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अवधिमा ३ हजार ३ सय ५७ जनामा कोरोना परिक्षण गरिएकोमा ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमित निको भएका छन् । त्यस्तै, यस अवधिमा ३६ हजार ३४८ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको छ । हाल १९ सय ८२ जना कोरोनाका संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस