aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

तीन सय ९१ जना नयाँ संक्रमित थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ साउन २०७९
तीन सय ९१ जना नयाँ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३९१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३४० र एन्टीजेन परिक्षण गर्दा ५१ गरी जम्मा ३९१ जना नयाँ संक्रमित थपिएका हुन् ।                  

त्यस्तै, पछिल्लो २४ घण्टामा ४६ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.६ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । 

पछिल्लो २४ घण्टामा ३ हजार ९८१ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या १ लाख २१ हजार ५१५ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या २ हजार २६७६ जना रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस