aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

भारतमा ४ करोड मानिसले अझै कोभिड खोप लिएनन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ साउन २०७९
भारतमा ४ करोड मानिसले अझै कोभिड खोप लिएनन्

नयाँ दिल्ली । भारत सरकारले देशमा करिब ४ करोड मानिसहरूले अझै कोभिड-१९ विरुद्धको खोपको पहिलो मात्रा पनि नलिएको बताएको छ । कनिष्ठ संघीय स्वास्थ्य मन्त्री भारती प्रविण पवारले शुक्रबार भारतीय संसद्को तल्लो सदन (लोकसभा) मा सम्बोधन गर्दै सो विवरण सार्वजनिक गरेका हुन् ।

पवारले संसद्मा लिखित जवाफ पेश गर्दै सोमबारसम्ममा  खोप लगाउन योग्य उमेर समूहका करिब ४ करोड  मानिसले हालसम्म पहिलो मात्राको खोप पनि नलिएको बताएका हुन् । सोमबारसम्म कुल ९२६,१७२,६६१  खोप लगाउँन योग्य उमेर समूहका (८७.४ प्रतिशत) ले कोभिड–१९ विरुद्धको खोपको दुवै डोज प्राप्त गरेको पनि मन्त्रीले जनाकारी दिएका छन् ।

त्यसैगरी सो खोपको तेस्रो मात्रा स्वास्थ्यकर्मी, अग्रपंक्तिमा काम गर्ने र ६० वर्ष भन्दा माथिका सबै योग्य उमेरसमूहका व्यक्तिहरूलाई मार्च १६ देखि प्रदान गरिने पनि सार्वजनिक गरिएको छ ।  सिन्ह्वा

प्रतिक्रिया दिनुहोस