aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

खल्ती मार्फत् एसईई २०७८/७९ को नतिजा निःशुल्क हेर्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ साउन २०७९
खल्ती मार्फत् एसईई २०७८/७९ को नतिजा निःशुल्क हेर्न सकिने

काठमाडौं । ‘खल्ति’ले एसईई विद्यार्थीहरुको नतिजा हेर्ने प्रक्रियालाई सरल बनाउने उद्देश्यले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयसँग सहकार्य गरेको छ । यस सहकार्य संगै अब एसईई २०७८/७९ ब्याचका  विद्यार्थी र अभिभावकहरुले सजिलै र निःशुल्क खल्ती मार्फत् नतिजा हेर्न सक्नेछन् । 

नतिजा हेर्नका निमित्त प्रयोगकर्ताले खल्ती एपमा गई एसईई रिजल्टमा ट्याप गरि आफ्नो सिम्बोल नम्बर र जन्म मिति राख्नुपर्नेछ। राखिएको सबै विवरण ठिक भएमा एसईई को नतिजा तुरुन्तै उपलब्ध हुनेछ र यसरी खल्ती बाट नतिजा हेर्ने कुनै पनि शुल्क लाग्ने छैन । 

यस सेवाको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भनेः“एसएलसी को नतिजा पत्रिकामा  हेर्नुपर्ने समय परिवर्तन भएर एसएमएस बाट हेर्न मिल्ने भएको प्रक्रियामा सहजता महसुस भएको थियो। अहिले हामी खल्ती एप बाटै निःशुल्क नतिजा हेर्न मिल्ने समय सम्म आईपुगेका छौं र यो प्रविधिमा ठुलो रूपान्तरण हो ।”

प्रतिक्रिया दिनुहोस