
एजेन्सी । टेस्लाका सीईओ एलोन मस्कले गुगलका सह–संस्थापककी श्रीमतीसँगको अफेयरको निराधार भएको बताएका छन । उनले गुगलका सह–संस्थापक सर्गेई ब्रिन उनीकी साथी मात्र भएको बताए ।
अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले आइतवारको एक रिपोर्टमा मस्कको सर्गेईकी श्रीमती निकोलसँग अफेयर रहेको दाबी गरेको छ । ब्रिनले यस वर्षको जनवरीमा निकोलसँग सम्बन्धविच्छेदका लागि निवेदन दर्ता गराएका थिए।
मस्कले सोमबार ट्वीट गरेर यस रिपोर्टको जवाफ दिए। पछिल्ला तीन वर्षमा निकोललाई दुई पटक मात्र देखेको देखेको दावी गरे । दुबै पटक हाम्रो वरिपरि धेरै मानिसहरू थिए केहि रोमान्टिक थिएन।
मस्कले वाल स्ट्रीट जर्नलको रिपोर्टमा पनि प्रतिक्रिया दिए। ट्विटमा यस्तो लेखिएको थियो– यो वर्ष चरित्र हत्या नयाँ उचाइमा पुगेको छ । तर, यी लेखहरू केही होइनन्।
प्रतिक्रिया दिनुहोस