aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

थप ५६८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ साउन २०७९
थप ५६८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५६८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ४५३ र एन्टीजेन परिक्षण गर्दा ११५ गरी जम्मा  ५६८ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ९५ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.४ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या एक रहेको छ । 

पछिल्लो २४ घण्टामा ४८८८ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या ६३ हजार ३७२ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ३ हजार ५३४ जना रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस