
काठमाडौं । एफवान सफ्ट गु्रपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त भएका छन । उनलाई एफवान गु्रपको सञ्चालक समितिको बैठकले नियुक्त गरेको हो । सोहम ढकाल यस अघि एक उद्यमीका रुपमा चर्चित व्यक्तित्व हुन । उनसंग २४ वर्ष भन्दा बढि सफल उद्यमीको रुपमा अनुभव छ ।
ढकालले अमेरिकाको ओराकल सर्नर कर्पोरेशनबाट आफ्नो करियर शुरु गरेका थिए । नेपाल फर्केपछि उनी एक सफल उद्यमी बन्न सफल भएका हुन । उनले साना किसान सहकारीलाई सफ्टवेयर उपलब्ध गराउनेदेखि विभिन्न किसिमका सफ्टवेयर निर्माण गरेका छन । उन यसअघि भायानेटको प्रमुख सञ्चालन अधिकृतको रुपमा समेत कार्यरत थिए । उनले कम्प्युटर विज्ञान र गणितमा स्नातक गरेका छन् ।
सफट्वेयरको क्षेत्रमा ख्याति कमाएको एफ वान सफ्ट कम्पनी नेपालका ठूला आईटी कम्पनीमध्येको एक हो । सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तीय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ । एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी हो ।
प्रतिक्रिया दिनुहोस