aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

विराटनगरमा पाँच तारे होटलसहित कम्पेक्स खुल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ साउन २०७९

काठमाडौं । विराटनगरमा अर्को पाँच तारे होटल खुल्ने भएको छ । होटल र्याडिसनको चेन होटल प्रदेश १ को विराटनगरमा खुल्ने भएको हो । सेन्चुरी ग्रुप अफ कम्पनीले होटल र्याडिसनसँग अनुमति लिएर विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको होटल खोल्न लागेको बताएको छ । 

होटल सञ्चालनको सम्पूर्ण तयारी पुरा भइसकेको र केही महिना भित्रै सञ्चालनमा आउने कम्पनीले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।    काठमाडौंस्थित  होटल र्याडिसनमा एक कार्यक्रमका बीच कम्पनीले सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । विराटनगरको विराट चोकमा रहेको होटल र्याडिसन ३० कठ्ठा क्षेत्रफलमा बनेको सेन्चुरी ग्रुप अफ कम्पनीका मालिक मोति दुगडले जानकारी दिए ।

सपिङ मलसहितको होटलमा स्वीट रुपसहित १४६ कोठाहरू रहेका छन् । पाँचतारे होटलमा हुने क्यासिनो, क्लब, स्वइमिङपुल, फिटनेस क्लब, स्पालगायत सम्पूर्ण सुविधाहरु उपलब्ध हुने उनले बताए । होटल र्याडिसन, विराटनगरको कुल लगानी ३०० करोड अर्थात् ३ अर्ब रुपैयाँ रहेको छ । कुल लगानी मध्ये ४० प्रतिशत कम्पनीको र  ६० प्रतिशत बैंकिङ फाइनान्सिङ रहेको दुगडले बताए । 

प्रतिक्रिया दिनुहोस