aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

आईफोन १४ ल्याउँदै एप्पल कम्पनी, के कस्ता छन् सुविधा ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ साउन २०७९
आईफोन १४ ल्याउँदै एप्पल कम्पनी, के कस्ता छन् सुविधा ?

काठमाडौं । एप्पल कम्पनीले आईफोनको १४ औं सिरिजको मोडलका मोबाइलहरु ल्याउने तयारी गरेको छ । यो तयारीसँगै यसको प्रतिक्षामा रहेका मानिसहरुले विभिन्न अनुमान गरेका छन् । लामो समयदेखि आईफोन १४ चलाउन प्रतिक्षा गरिरहेकाहरुले विभिन्न अनुमान समेत गरिरहेका छन् । 

आईफोन १४ का बारेमा प्राप्त भएको केही नयाँ जानकारी अनुसार यसमा पनि आईफोन १३ कै ए १५ चिप प्रयोग हुनेछ । आईफोन १३ को भन्दा फरक प्रोसेसर आईफोन १४ मा हुनेछैन । आईफोन १३ को तुलनामा आईफोन १४ को प्रोसेसरको स्पिड भने राम्रो हुने जानकारीमा उल्लेख गरिएको छ । आईफोन १४ मा ५–कोर जीपीयू प्रोसेसर प्रयोग हुनेछ । 

आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्समा भने ए १६ चिपको प्रयोग हुनेछ । यी दुई मोडलमा नयाँ ६ जीबी फास्टर र्‍यामको प्रयोग गरिनेछ ।

प्रतिक्रिया दिनुहोस