aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

थप ७१० जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या चार हजार दुई सय नाघ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ साउन २०७९
थप ७१० जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या चार हजार दुई सय नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो केहि दिन यता कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टाको तथ्यांक हेर्ने हो भने सात सय जना भन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार २५ जनाले कोरोना भाइरसको नमुना परिक्षण गरेका थिए । जसमा ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

त्यस्तै, यस अवधिमा २१५ जना कोरोनामुक्त भएका छन् भने ५९ हजार ४७१ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । हाल ४ हजार २ सय ३६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस