aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कोरोना संक्रमणबाट दुई जनाको मृत्यु, सक्रिय संक्रमित ४ हजार नाघे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ साउन २०७९
कोरोना संक्रमणबाट दुई जनाको मृत्यु, सक्रिय संक्रमित ४ हजार नाघे

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५७७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३९१ र एन्टीजेन परिक्षण गर्दा १८६ गरी जम्मा ५७७ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २६९ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.३ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या दुई रहेको छ । 

पछिल्लो २४ घण्टामा ४ हजार २८२ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या २५ हजार २५६ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ४ हजार ३५६ जना रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस