aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

थपिए ६२० संक्रमित एक जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ साउन २०७९
थपिए ६२० संक्रमित एक जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६२० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ४९६ र एन्टीजेन परिक्षण गर्दा १२४ गरी जम्मा ६२० जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २९७ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.३ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या दुई रहेको छ । 

पछिल्लो २४ घण्टामा ५ हजार ८४६ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या २५ हजार ४३६ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ४ हजार ५६७ जना रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस