
काठमाडाैं । सरकारले भ्रमण वर्ष २०२० का लागि निजी क्षेत्रसँग सहकार्य गर्ने किसिमका कार्यक्रमको प्रस्ताव मागेको छ ।
भ्रमण वर्ष २०२० सचिवालयले सूचना जारी गर्दै निजी क्षेत्रसँग भ्रमणसम्बन्धी कार्ययोजनाको प्रस्ताव मागेको हो । सभा–सम्मेलन, सेमिनार, अन्तरक्रिया, प्रदर्शनी, मेला, उत्सव–महोत्सव, परिचयात्मक भ्रमण, विशेष जात्रा एवम पर्वजस्ता गतिविधि सञ्चालनमा सचिवायले निजी क्षेत्रसँग सहकार्य गर्ने भएको छ । यसबाहेक राष्ट्रिय–अन्तर्राष्ट्रिय ब्राण्ड प्रवद्र्धनका कार्यक्रममा पनि सचिवालयले सहकार्य गर्ने प्रस्ताव गरेको छ ।
सरकारले वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्यसहित सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने तयारी अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस