aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच हजार नजिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ साउन २०७९
कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच हजार नजिक

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८९५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ६३२ र एन्टीजेन परिक्षण गर्दा २६३ गरी जम्मा ८९५ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २६४ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.३ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या एक रहेको छ । 

पछिल्लो २४ घण्टामा ५ हजार ९०९ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या ३३ हजार १७६ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ४ हजार ९३४ जना रहेका छन् ।   

प्रतिक्रिया दिनुहोस