aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

पूर्व प्रधानमन्त्री इमरान खानको ७४ लाखभन्दा बढी फलोअर्स भएको इन्स्टाग्राम ह्याक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ साउन २०७९
पूर्व प्रधानमन्त्री इमरान खानको ७४ लाखभन्दा बढी फलोअर्स भएको इन्स्टाग्राम ह्याक

इस्लामावाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक(ए(इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानको आधिकारिक इन्स्टाग्राम खाता सोमबार ह्याक भएको बताइएको छ।

ह्याकरले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट क्रिप्टोकरेन्सीको बारेमा प्रमोशनल ट्वीट शेयर गरेको पाइएको छ । टेस्लाका सीईओ एलोन मस्कको नक्कली क्रिप्टो खाताको लिङ्क पनि उनको ह्यान्डलमा संलग्न गरिएको थियो।

इमरान खानका हाल ७४ लाखभन्दा बढी फलोअर्स छन् । पाकिस्तानी पूर्व प्रधानमन्त्रीले  भने अहिलेसम्म यस बारे कुनै आधिकारिक प्रतिक्रिया  दिएको छैन । उहाँका पार्टीका सदस्य र अनुयायीहरूले कुनै पनि अनैतिक पोस्टमा अन्तरक्रिया नगर्न सल्लाह दिइरहेका छन्।

गत डिसेम्बरमा सर्बियामा पाकिस्तानी दूतावासको ट्विटर ह्यान्डलले सरकारी अधिकारीहरूलाई तलब नतिरेकोमा सन्देश पोस्ट गरेको थियो जसले पीटीआई सरकार र इमरान खानलाई ठूलो अप्ठ्यारोमा पारेको थियो । पछि सरकारी अधिकारीहरूले  भने  सो खाता ह्याक भएको दाबी गरेका थिए।

प्रतिक्रिया दिनुहोस