काठमाडौं । डिजिटल पेमेन्ट प्रणाली देशैभरी पुर्योउने इसेवा र युके एडसँग सम्झौता भएको छ । सम्झौतापत्र इसेवा फोनपेका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटा र युके एडको सक्षमकालतर्फबाट लिडर निर्मल दहालले हस्ताक्षर गरेको छन् ।
डिजिटल माध्यममबाट ग्रामीण भेगका नागरिकहरुलाई वित्तिय सेवामा पहुँच पुर्याउन इसेवा र युके एडको समक्षबीच हस्ताक्षर गरेको हो । यस परियोजनाको उद्देश्य भनेको वित्तिय सेवामा आम नागरिकहरुको पहुँच अभिबृद्धि गर्नुका साथै सम्पूर्ण वित्तिय सेवामा पहुँच नभएका र कम पहुँच भएका नागरिकलाई नविन डिजिटल सेवाहरुको पहुँच बढाउने कामको प्रबद्धर्न गर्ने भएको छ ।
इसेवामा २० लाख ग्राहक, ५५ हजार ऐजेन्ट नेटवर्क, ५४ वटा सदस्य बैंक तथा ३० हजार मर्जेन्टको सन्जाल रहेको इसेवा फोनपेका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले बताए ।
प्रतिक्रिया दिनुहोस