aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

बिजबजारले भक्सक्रोको कल सेन्टर टेक्नोलोजी प्रयोग गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० साउन २०७९
बिजबजारले भक्सक्रोको कल सेन्टर टेक्नोलोजी प्रयोग गर्ने

काठमाडौं । इ–कमर्स मार्केटप्लेस प्लाटफर्म बिजबजार र डिजिटल कम्युनिकेसन प्लाटफर्म वितरक भक्सक्रो प्रालि बिच ‘कल सेन्टर पार्टनरसिप’ को साझेदारी भएको छ । 

जसअन्तर्गत बिजबजारले आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्नका लागि भक्सक्रोको ‘गेटडेस्क’ सफ्टवेयर प्रयोग गर्ने भएको हो । ६ सयभन्दा बढी ग्राहक सेवा प्रतिनिधि र विक्रेतालाई सेवा दिई १५० प्रतिशतभन्दा बढी उत्पादकत्व बढाएको भक्सक्रो नेपालको पहिलो कलसेन्टर टेक्नोलोजी प्रवर्तक कम्पनी हो ।

बिजबजारले नेपालको हरेक कुनाबाट स्थानीय उत्पादकहरूलाई प्रवद्र्धन गर्नुका साथै ग्रहकलाई भरपर्दो सेवा प्रदान गरिरहेको छ । यसले स्थानीय रोजगारी सृजना र नेपालको आर्थिक वृद्धिमा योगदान पुर्‍याउनुका साथै उपभोक्ता हित र सेवा व्यापार उद्योगलाई डिजिटलाइज गर्नमा केन्द्रित रहेको बिजबजारले जनाएको छ ।

पठाओ, एमआई नेपाल, फुडमाण्डु, टिभिएस, फोनपे, बुद्ध एयर, उपासिटी काग्रो, नर्भिक हस्पिटल, आईमार्क डिजिटल, इबिमा, निमा एकेडेमी, टिडिओ नेपाल, साथीमार्ट लगायत ७० वटाभन्दा बढी संस्थाहरूले ‘गेटडेस्क’ सफ्टवेयर प्रयोग गरिरहेका छन् ।

भक्सक्रोले एनजीओ, आईएनजीओ, इकमर्स, राइड हाइलिङ, डेलिभरी एण्ड लजिस्टिक, हेल्थकेयर, फिन्टेक लगायत १० वटा विभिन्न इन्डस्ट्रिहरूमा आफ्नो छाप छोड्न सफल भएको कम्पनीको दावी छ ।

प्रतिक्रिया दिनुहोस