aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पहिलो पब्लिक ट्राभल्स एजेन्सि सञ्चालनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ साउन २०७९
पहिलो पब्लिक ट्राभल्स एजेन्सि सञ्चालनमा

काठमाडौं । नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने र नेपालीलाई विदेश भ्रमणको प्रबन्धन गर्ने लक्ष्यका साथ गुरु ट्राभल्स लिमिटेड स्थापना गरिएको छ । पहिलो पब्लिक लिमिटेड ट्राभल्स कम्पनी दाबी गरिएको ट्राभल्सले नेपालको पर्यटनलाई अझै सबल बनाउँदै पर्यटनको लाभ आम नेपालीसम्म पु¥याउने लक्ष्य लिएको छ । काठमाडौँको दरबारमा कार्यालय रहेको उक्त ट्राभल्सको आज एक कार्यक्रमबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरे ।

बढीभन्दा बढी पर्यटक नेपाल भित्र्याउने र नेपालीहरुका लागि बाह्य भ्रमण प्रबन्धन गर्ने लक्ष्यका साथ ट्राभल स्थापना गरिएको कम्पनीका अध्यक्ष विज्ञानराज शर्माले बताए ।नेपालको पर्यटनमा ‘वान विन्डो सर्भिस’ उपलब्ध गराउने उद्देश्यका साथ स्थापित ट्राभल्समा ६० भन्दा बढी उद्यमी व्यवसायीको प्राथमिक लगानी रहेको छ । आगामी तीन वर्षभित्र सर्वसाधरणका लागि आइपियोमार्फत शेयर खुल्ला गरिने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी रु १० करोड रहेको छ ।

 सर्वसाधरण नेपालीका लागि पर्यटनमा पहुँच पु¥याई दीर्घकालीन रुपमा सबै नेपाली भूभागको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य ट्राभलको रहेको छ । सुरुआती चरणमा कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, होटल बुकिङदेखि ट्राभल र टुर प्याकेज बिक्रीको कार्य गर्ने विज्ञप्तिमार्फत जनाएको छ ।

भविष्यमा नेपाल भित्रने चेन होटल, यातायात प्रणाली तथा विदेशी हवाई कम्पनीको जनरल सेल्स एजेन्ट बन्ने लक्ष्य रहेको छ । सर्वोच्च शिखर सगरमाथा एवम् लुम्बिनीलाई विश्वभर प्रवद्र्धन गरी नयाँनयाँ गन्तव्यहरु विकसित गर्दै जाने कम्पनीको योजना छ ।

प्रतिक्रिया दिनुहोस