
एजेन्सी । ह्याक भएकार क्रिप्टो करेन्सी फिर्ता ल्याउनेलाई अमेरिकी कम्पनी नोम्याडले पुरस्कार दिने घोषणा गरेको छ । अमेरिकी क्रिप्टो फर्म नोम्याडले ह्याकिङबाट चोरी भएको १९ करोड अमेरिकी डलर फिर्ता ल्याउनेलाई १० प्रतिशत पुरस्कार दिने भएको हो।
अमेरिकी अखबार वासिङटनपोस्ट अनुसार नोम्याडले ट्विटमा पोस्ट गर्दै यस्तो घोषणा गरेको छ । कम्पनीले क्रिप्टो वालेटको ठेगाना उल्लेख गरेको छ। जो कोहीले चोरी भएको रकमको ९० प्रतिशत फिर्ता गर्छ त्यसलाई ‘ह्वाइट ह्याट’ अर्थात गलत नभएको मानिने भनेको छ। यदि रकम फिर्ता गरिएको खण्डमा कम्पनीले ह्याकरहरु माथि कानुनी प्रक्रिया अघि नबढाउने बताएको छ।
प्रतिक्रिया दिनुहोस