
काठमाडौं । माई पे डिजिटल वालेटले नयाँ विशेषताको रुपमा माई पे क्वाइन सार्वजनिक गरेको छ । एक क्वाइन बराबर एक रुपैयाँ नै मूल्य हुने गरी क्वाइन सार्वजनिक गरेको माईपेले जनाएको छ । माई पे का अनुसार हरेक कारोबारमा क्वाइन प्रयोग गर्न सकिने यो पहिलो वालेट हो ।
यससँगै माईपे प्रयोगकर्ताहरुले मोबाइल टपअप तथा डाटा प्याकमा ४ प्रतिशतसम्म, टेलिभिजको बिल भुक्तानीमा २ प्रतिशतसम्म, इन्टरनेटको बिल भुक्तानीमा २ प्रतिशतसम्म तथा हवाई जहाजको टिकट बुकिङ्ग गर्दा सबैभन्दा धेरै पैसा रिटर्नको अफरहरु समेत निरन्तर रहेको जनाएको छ । यसरी फिर्ता आउने रकममा नगद र क्वाइन गरी दुई भागमा बाढीएको माईपेको भनाई छ ।
उदाहरणको लागि तपाईंले माई पे बाट एक हजार रुपैयाँको मोबाइल टपअप गर्नुभयो भने ४ प्रतिशत (४० रुपैयाँ) फिर्ता हुन्छ । जसमा रु २० क्यासको रुपमा तपाईको वालेटको मेन ब्यालेन्समा जोडिन्छ भने बाँकी २० क्वाइनको रुपमा जम्मा हुन्छ । माईं पेबाट गरिएको सबै कारोबारमा यसरीनै क्वाइन प्राप्त गर्न सकिने माईपेको भनाइ छ । यसरी प्राप्त भएको क्वाइन अब ग्राहकहरुले त्यसपछिको जुनसुकै कारोबारमा पनि प्रयोग गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस