aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

रियलमी नार्जो ५०ए प्राइम नेपाली बजारमा सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ साउन २०७९
रियलमी नार्जो ५०ए प्राइम नेपाली बजारमा सार्वजनिक

काठमाडौं । विश्वकै प्रख्यात स्मार्टफोन ब्राण्ड रियलमीले नार्जो सिरिजको इन्ट्री लेबलमा स्टाइलिश र अल–अराउन्डर स्मार्टफोन– रियलमी नार्जो ५०ए प्राइम बजारमा ल्याएको छ । अल्ट्रा–स्लीक डिजाइन, शक्तिशाली प्रोसेसर, पाँच हजार एमएएच ब्याट्री, र एआई–सक्षम क्यामेरा राखिएको यस स्मार्टफोनमा अन्य विशेषताहरु समेत समावेश छन् ।  

लन्चको बारेमा बोल्दै रियलमी नेपालका हेड, मुनिष गिरीले नेपाली बजारमा रियलमी नार्जो सिरिज अन्तर्गत नयाँ रियलमी नार्जो ५०ए प्राइम ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित रहेको बताए । यो नयाँ स्मार्टफोन हाम्रा प्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधिको समग्र अनुभव प्रदान गर्ने अर्को कदम रहेको उनको भनाई छ । 

यो नयाँ स्टाइलिश र इन्ट्री–लेभलमा अल–राउन्डर स्मार्टफोन, प्रयोगकर्ताहरूको सबै आवश्यकताहरू ध्यानमा राखी डिजाइन गरिएको हो । यो ८.१ एमएमको अल्ट्रा स्लिम स्मार्टफोन हो जसको तौल १९२.५ ग्राम रहेको छ । यसको मूल्य २१ हजार ७९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस