
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८६८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ४९६ र एन्टीजेन परिक्षण गर्दा ३७२ गरी जम्मा ८६८ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ४१४ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.२ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या तीन रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ९७७ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ७०५ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या एक लाख ३८ हजार ८४० रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ८८५ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस