aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भारतमा एकै दिन सोह्र हजारभन्दा बढी कोरोना सङ्क्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ साउन २०७९
भारतमा एकै दिन सोह्र हजारभन्दा बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली । भारतमा एक दिनमा १६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले  बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार २९९ नयाँ सङ्क्रमित भएका हुन्  । 

यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४२ लाख छ हजार नौ सय ९६ जना पुगेका सङ्घीय स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको छ ।भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख २५ हजार ७६ रहेको छ । 

कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २६ हजार आठ सय ७९ व्यक्तिको मृत्यु भइसकेको छ । भारतमा हिजो एक दिनमा १९ हजार चार सय ३१ जना कोरोना मुक्त भएका छन् । यसैसँगै  कूल चार करोड ३५ लाख ३५ हजार छ सय १० भन्दा बढी कोरोनामुक्त भएका छन् । 
         
नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म दुई अर्ब छ करोड ५८ लाखभन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसमम ८७ करोड ९२ लाख ३३ हजार दुई सय ५१ जनाको कारोना भाइरस परीक्षण भएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस