aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै, २४ घण्टामै पाँच जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ साउन २०७९
कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै, २४ घण्टामै पाँच जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८१५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ४६५ र एन्टीजेन परिक्षण गर्दा ३५० गरी जम्मा ८१५ जना नयाँ संक्रमित थपिएका हुन् ।  

त्यस्तै, पछिल्लो २४ घण्टामा ४७६ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.२ प्रतिशत रहेको छ । त्यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या पाँच रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ९८२ जनाको मृत्यु भइसकेको छ । 

पछिल्लो २४ घण्टामा ४ हजार ५३४ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या ३१ हजार ७६१ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ८६९ जना रहेका छन् ।    
 

प्रतिक्रिया दिनुहोस