aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

दक्षिण कोरियामा एकैदिन एक लाख भन्दाबढीमा कोरोना सङ्क्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ साउन २०७९
दक्षिण कोरियामा एकैदिन एक लाख भन्दाबढीमा कोरोना सङ्क्रमण

सोल । दक्षिण कोरियामा एकैदिन एक लाख २८ हजार सात सय १४ जना कोभिड–१९बाट सङ्क्रमित भएका छन् ।  बिहीबार प्रकाशित तथ्याङ्कको तुलनामा शुक्रबारको तथ्याङ्क घटेको पाइएको छ ।  

स्वास्थ्य अधिकारीहरूका अनुसार बिहीबार एक लाख ३७ हजार दुई सय ४१ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । दक्षिण कोरियामा ओमिक्रोनको उपप्रजाति द्रुत गतिमा फैलिएको छ ।  

त्यसैगरी गम्भीर अवस्थामा बिरामीको सङ्ख्या पनि अघिल्लो दिनको तुलनामा ३५ ले बढेर चार सय ५३ पुगेको छ । सोही अवधिमा थप  ८ जनाको मृत्यु भएसँगै महामारीमा परेर ज्यान गुमाउनेका सङ्ख्या २५ हजार चार सय ९९ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस