
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४५५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३०५ र एन्टीजेन परिक्षण गर्दा १५० गरी जम्मा ४५५ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ३०२ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.२ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या दुई रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ९८८ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ८२९ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या १३ हजार ३२८ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ४३५ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस