aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेपाल टेलिकमले ८ अर्ब ३८ करोड कमायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० साउन २०७९
नेपाल टेलिकमले ८ अर्ब ३८ करोड कमायो

 कठमाडौं । नेपाल टेलिकमले ८ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षभन्दा गत वर्षको नाफामा १७.५४ प्रतिशतले वृद्धि गरेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ अर्ब १२ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

असार मसान्तसम्ममा कम्पनीको आम्दानी ५.४४ प्रतिशत बढेको छ भने अन्य आम्दानी २.५१ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी भने समीक्षा अवधिमा ५ प्रतिशत बढेको छ।१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७७ अर्ब ६ करोड ३२ लाख रुपैयाँ सञ्चित छ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.१९ प्रतिशत बढी हो। नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने  ९७ पैसा घटेर ४६ रुपैयाँ ५६ पैसामा सीमित भएको छ। 

प्रतिक्रिया दिनुहोस