aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कोरोना संक्रमित बढ्दै, ८८८ जनालाई पुष्टि हुँदा एक जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० साउन २०७९
कोरोना संक्रमित बढ्दै, ८८८ जनालाई पुष्टि हुँदा एक जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८८८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ४२७ र एन्टीजेन परिक्षण गर्दा ४६१ गरी जम्मा ८८८ जना नयाँ संक्रमित थपिएका हुन् ।  

त्यस्तै, पछिल्लो २४ घण्टामा ४७४ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.३ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या एक रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ९८९ जनाको मृत्यु भइसकेको छ । 

पछिल्लो २४ घण्टामा ५ हजार ७३७ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या एक लाख ५० हजार ६४ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३८७ जना रहेका छन् ।    
 

प्रतिक्रिया दिनुहोस