काठमाडौं । मोबाईल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमडी) प्रणालीबाट भदौ ३० गतेदेखि नेपालमा अनधिकृत रुपमा भित्रिने मोबाइल रोकिने भएको छ । सोमबार नेपाल दुरसञ्चार प्राधिकरण तथा मोबाइलफोन इम्पोर्टस एसोसियसनद्धारा गैरकानुनी रुपमाभित्रिने मोबाइलफोनहरुको अनधिकृत आयात नियन्त्रण गरिने प्रणाली शुरु गरिने भएको हो । एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाईल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि होे ।
मोबाइलफोन इम्पोर्टस एशोसियसनका अध्यक्ष दिपककुमार मलहोत्राले अहिलेको समयमा यसलाई गाँस, बास र कपास पछिको अति आवश्यकीय रुपमा मोबाइलफोन रहेको बताए । तर, हाल पछिल्लो समय सरकारले विलासिताको बस्तुको रुपमा वर्गीकरण गरी मोबाइलफोन आयातमा प्रतिबन्ध लगाएकोमा दुख व्यक्त गर्दै सरकारको कार्य प्रति आपत्ति जनाएका थियो ।
गैरकानुनी रुपमा भित्रिने फोनहरुमध्ये चोरीका, रिफर्बिस फोनहरु समेत आउने हुँदाएकातिर आम उपभोक्ताहरु ठगीमा पर्ने गरेका छन् भने अर्कातिर राजस्व घट्ने तथा मोबाइल व्यवसायीको व्यापारमा व्यापक गिरावट आएको उनले बताए ।
मोबाइलफोनको व्यवसायमा देखिएको यो अनधिकृत आयातबाट उत्पन्न भयावह स्थितिले नेपाल प्रहरीको अनुसन्धानकार्यमा समेत कठिनाइ भइरहेको हुँदा एमडीएमएस लागू गर्न अब ढिला गर्न नहुने कुरा पनि उनले राखे ।
कार्यक्रममा मोबाइलफोन इम्पोर्टस एसोसियसनका उपाध्यक्ष सञ्जय अग्रवालले आउँदो भदौ ३० देखि औपचारिक रुपमा एमडीएमएस शुरुवात हुने र यसको दुई देखि तीन महिनामा सतःप्रतिशत लागू हुने बताए । यो दुई–तीनमहिनाको समयमा पुराना फोनलाई दर्ता गर्ने समया वधिप्रदान गर्ने हो र भदौ ३० उप्रान्त नेपालमा अनधिकृत आयातित मोबाईल सुचारु÷चल्ने नहुने उनले जानकारी दिए ।
सोहीकार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक सुरेन्द्र लाल हाडाले एमडीएमएसको महत्व, विशेषता र प्रविधिक पक्षबारे व्यापक विश्लेषण गरेका थिए । त्यस्तै अर्का नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक रेवतीराम पन्तले एमडीएमएससँग सम्बन्धीत विनियावाली २०७५ का बारेमा बुँदागत रुपमा व्यख्या विश्लेषण गर्दै यसको औचित्य र आवश्यकता प्रष्ट पारेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सचिव बैकुण्ठ अर्यालले देशको नियम र कानुन भित्र रही सम्बन्धित सरोकारवाला सबैसँग सहकार्य गरी जतिसक्दो चाँडो एमडीएमएस लागू गर्नु पर्नेमा जोड दिए । कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन गर्दैै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अब कुनै विशेष परिस्थिति बाहेक आगामी भदौ ३० बाट एमडीएमएस सिस्टम शुरु गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस