aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेपाल टेलिकमले ल्यायो इन्डिया भ्वाइस प्याकेज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ भदौ २०७९
नेपाल टेलिकमले ल्यायो इन्डिया भ्वाइस प्याकेज

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याकेज ल्याएको छ । उपलब्ध गराएको छ । बुधबारदेखि लागु भएको यस प्याकेज अन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिक मध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिनेछ ।  

इन्डिया भ्वाइस प्याक डेली अफर अन्तर्गत २४ घण्टामा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा ५९ रुपैयाँमा  उपलब्ध रहेको टेलिकमले जनाएके छ । त्यसैगरी विक्ली अफर अन्तर्गत ७ दिनसम्म ७५ मिनेट र मन्थ्ली अफर अन्तर्गत ३० दिनसम्म २ सय २१ मिनेट कुराकानी गर्न सकिने प्याकहरु क्रमश २५९ रुपैयाँमा र ७५९ रुपैयाँमा उपलब्ध रहेका छन् । 

एक्सेस कोडहरु ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोन नम्बरमा कल गर्न सकिन्छ । यो प्याकेज गरिद गर्नका लागि आफ्नो मोबाइलबाट *1415# डायल गरी 7 नम्बर छनौट पश्चात् खरिद प्रक्रिया अघि बढाउन सकिन्छ । 

कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।  


                                            

प्रतिक्रिया दिनुहोस