aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

थप ५४२ जनामा कोरोना संक्रमण, ४२१ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ भदौ २०७९
थप ५४२ जनामा कोरोना संक्रमण, ४२१ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५४२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २२४ र एन्टीजेन परिक्षण गर्दा ३१८ गरी जम्मा ५४२ जना नयाँ संक्रमित थपिएका हुन् ।  

त्यस्तै, पछिल्लो २४ घण्टामा ४२१ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.३ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ९९० जनाको मृत्यु भइसकेको छ । 

पछिल्लो २४ घण्टामा ४ हजार ९३० जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या ९७ हजार ६५७ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार २६५ जना रहेका छन् ।    
 

प्रतिक्रिया दिनुहोस