aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एलबिइएफको पहिलो पटक आफ्नो दिक्षान्त समारोह सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ साउन २०७६
एलबिइएफको पहिलो पटक आफ्नो दिक्षान्त समारोह सम्पन्न

काठमाडौं । एसिया प्यासिफिक विश्वविद्यालयसँग सम्बद्घता लिएको लर्ड बुद्घ एजुकेसन फाउन्डेसन (एल.बि.इ.एफ.) क्याम्पसले काठमाडौंमा पहिलो पटक आफ्नो दिक्षान्त समारोह सम्पन्न गरेको छ । 

दतुक परमजित सिंह, ए.पि.आइ.आइ.टि.का सह संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक तथा एसिया प्यासिफिक यूनिभर्सिटी (ए.पि.यू)का उप–प्रमुख गुरु प्रदिप सिंहद्वारा यस समारोहको उद्घाटन गरिएको थियो ।

नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको प्रमुख आतिथ्य रहेको यस कार्यक्रममा एल.बि.इ.एफ ग्रूप अफ इन्टीच्यूसन्सका संस्थापक  परमानन्द केजरिवालका साथै अन्य अतिथीहरुः पंकज जालानको सहभागीता रहेको थियो । 

त्यस्तैगरि, एल.बि.इ.एफ ग्रूप अफ इन्टीच्यूसन्सका अध्यक्ष, डा. गिता भक्त जोशी – एल.बि.इ.एफ ग्रूप अफ इन्टीच्यूसन्सका शैक्षिक सल्लाहकार, प्रकाश कुमार, ल.बि.इ.एफ ग्रूप अफ इन्टीच्यूसन्सका निर्देशक, डा. सन्दिप कौतिश – एल.बि.इ.एफ ग्रूप अफ इन्टीच्यूसन्सका डिनद्वारा उत्तिर्ण विद्यार्थीहरुलाई दिक्षित गरियो । बि.बि.एम र बि.एस्सी. आइ.टि का कुल ५६ विद्यार्थी दिक्षति भए । यि सबै डिग्रीहरुले शिक्षा मन्त्रालयको स्विकृति प्राप्त गरि त्रिभुवन विश्वविद्यालयको समन्वय हासिल गरेका छन् ।

१९९८ मा स्थपना भइ २१ वर्ष लामो इतिहास रहेको यस संस्था नेपालको पहिलो आइ.टि कलेज भएको उनीहरुको दावी छ । यस संस्थामा ८००० भन्दा बढी विद्यार्थी आबद्घ भएर आफ्नो उच्च शिक्षा हासिल गरिसकेका छन् ।

एल.बि.इ.एफले एसिया प्यासिफिक यूनिभर्सिटी (ए.पि.यू)सँगको सम्बद्घतामा स्नातक तथा स्नातकोत्तर तहका कक्षहरु संचालन गरिरहेको छ । ए.पि.यूलाई मलेसियाको उत्कृष्ट विश्वविद्यालय घोषित गरिनुका साथै शिक्ष मन्त्रालयद्वारा टायर ५ (उत्कृष्ट) तथा मलेसियन क्वालिफिकेसन एजेन्सीद्वारा सेटारा २०११ र २०१३ प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस