aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भारतमा नयाँ भाइरस फैलिदै, केरलामा ८२ जनामा देखियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ भदौ २०७९
भारतमा नयाँ भाइरस फैलिदै, केरलामा ८२ जनामा देखियो

एजेन्सी । पछिल्लो समयमा मानिसमा लाग्ने रोगहरु अनौठा देखा पर्न थालेका छन् । पछिल्लो समयमा ह्यान्ड फुट माउथ डिजिज  जसलाई टमाटर ज्वरो पनि भनिने रोग भारतमा फैलिएको छ ।  भारतको केरलामा ६ मे २०२२ मा टमाटर फ्लूको पहिलो रिपोर्ट गरिएको केस थियो । 

स्वास्थ्य विशेषज्ञहरूको ल्यान्सेट रेस्पिरेटरी जर्नलमा गरिएको एक अध्ययन अनुसार अहिलेसम्म ८२ केसहरू दर्ता भएका छन्। यो ज्वरोले एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका वयस्कहरूलाई सताउने गरेको छ । अध्ययनका अनुसार कोभिड १९ को चौथो लहरको सम्भावित खतरासँग लडिरहेका छौं र नयाँ भाइरस, जसलाई टमाटर फ्लू भनिने भाइरल फेरि फैलिदै गएको छ।

प्रतिक्रिया दिनुहोस