aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

थप ६३४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ भदौ २०७९
थप ६३४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६३४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३४३र एन्टीजेन परिक्षण गर्दा २९१ गरी जम्मा ६३४ जना नयाँ संक्रमित थपिएका हुन् ।   

त्यस्तै, पछिल्लो २४ घण्टामा ४१७ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.४ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या एक रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ९९४ जनाको मृत्यु भइसकेको छ । 

पछिल्लो २४ घण्टामा ४ हजार ४९४ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या १६ हजार ६५३ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ४ हजार २२१ जना रहेका छन् ।    
 

प्रतिक्रिया दिनुहोस