
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४८७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २४२ एन्टीजेन परिक्षण गर्दा २४५ गरी जम्मा ४८७ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १६४ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.४ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या एक रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ९९५ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार २९८ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या ३९ हजार ४४८ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ४ हजार २९८ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस