aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

होसियार ! फेसबुक ह्याक गरी ठगी गर्ने गिरोह सक्रिय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ भदौ २०७९
होसियार ! फेसबुक ह्याक गरी ठगी गर्ने गिरोह सक्रिय

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक ह्याक गरी प्रोफाइमा आबद्ध साथी, आफन्त र सहकर्मीसँग रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरी अनुसन्धान थालेको छ ।   

यसरी पक्राउपर्नेमा मोरङको शनिश्चरे नगरपालिका–१० का २० वर्षीय किरण पाठक रहेका र उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा आज पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको ब्युरोले जनाएको छ । 

उनले विभिन्न डिजिटल पेमेन्ट गेटवेमार्फत १५ भन्दाबढी व्यक्तिसँग रकम जम्मा गर्न लगाई ठगी गरेको पाइएको ब्युरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस