aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

थप ४४४ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ भदौ २०७९
थप ४४४ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४४४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २११ र एन्टीजेन परिक्षण गर्दा २३३ गरी जम्मा ४४४ जना नयाँ संक्रमित थपिएका हुन् ।   

त्यस्तै, पछिल्लो २४ घण्टामा ३०७ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.४ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या तीन रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ९९८ जनाको मृत्यु भइसकेको छ । 

पछिल्लो २४ घण्टामा ४ हजार ९५४ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या ५ हजार ५९७ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ४ हजार १९९ जना रहेका छन् ।    

प्रतिक्रिया दिनुहोस