aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

विश्वभरी दुर्लभ मानिएको सेमीकन्डक्टर चिप उत्पादनमा भारत एक नम्बर बन्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ भदौ २०७९
विश्वभरी दुर्लभ मानिएको सेमीकन्डक्टर चिप उत्पादनमा भारत एक नम्बर बन्ने

एजेन्सी । भारतका दूरसञ्चार मन्त्री अश्विनी वैष्णवले आगामी ५ देखि ६ वर्षमा भारत अर्धचालक चिप डिजाइनको क्षेत्रमा विश्वको राजधानी बन्ने बताएका छन । दूरसञ्चार मन्त्रीले छिट्टै पहिलो भारतीय सेमीकन्डक्टर उत्पादन इकाई सञ्चालनमा ल्याइने बताउँदै सेमीकन्डक्टर चिपको डिजाइनमा भारत विश्वमा अग्रपंक्तिमा रहने लक्ष्य रहेको बताए । यसबाहेक आगामी ६ वर्षभित्र भारतमा चिप उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ ।

केन्द्रीय मन्त्रीले देशका विभिन्न कम्पनीमा ५५ हजार सेमी कन्डक्टर डिजाइन इन्जिनियर कार्यरत रहेको बताए । यस मामिलामा ताइवान अगाडि रहेको प्रश्नमा उनले ताइवानले चाँडै चिप उत्पादन सुरु गरेको कारण आपूर्तिमा अगाडि रहेको बताए ।

प्रतिक्रिया दिनुहोस