aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

थप २०२ जनामा कोरोना संक्रमण, ४६२ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ भदौ २०७९
थप २०२ जनामा कोरोना संक्रमण, ४६२ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २०२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १६४ र एन्टीजेन परिक्षण गर्दा ३८ गरी जम्मा २०२ जना नयाँ संक्रमित थपिएका हुन् ।   

त्यस्तै, पछिल्लो २४ घण्टामा ४६२ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.५ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या एक रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार जनाको मृत्यु भइसकेको छ । 

पछिल्लो २४ घण्टामा ३ हजार ८३३ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या ५१ हजार २३४ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ३ हजार ३१३ जना रहेका छन् ।    
 

प्रतिक्रिया दिनुहोस