
काठमाडौं । यस वर्षको शरद याममा हिमाल आरोहणका लागि ६७ जनाले अनुमति लिएका छन् । पर्यटन विभागको तथ्याङक अनुसार विभिन्न १९ देशका ७ वटा टीमले हिमाल आरोहणको अनुमति लिएका हुन् । आरोहणको अनुमति लिनेमा ५७ जना पुरुष र १० जना महिला रहेका छन् । जसबाट ७३ लाख १७ हजार ९२३ रुपैयाँ रोयल्टी प्राप्त भएको छ ।
विभागका अनुसार हिमाल आरोहणमा अनुमति लिएकाहरुमा सबैभन्दा धेरै मनास्लुका लागि ६३ जनाले अनुमति लिएका छन् । मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएकाहरुबाट ७२ लाख ६ हजार ९३० रुपैयाँ रोयल्टी प्राप्त भएको छ ।
त्यस्तै, हिमलुङ हिमालका लागि तीन जनाले अनुमति लिएका थिए । जसबाट ९५ हजार ११५ रुपैयाँ रोयल्टी संकलन भएको छ । त्यसैगरी, शरदयाममा हिमाल शारीबुङ हिमाल आरोहणका लागि एक जनाले अनुमति लिएका थिए । जसबाट १५ हजार ८७७ रुपैयाँ रोयल्टी संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस